१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

पाल्पाको तिनाउ गाउँपालिकामा एमाले विजयी

२ जेठ, पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा एमालेले जित हासिल गरेको छ । एमालेका प्रेम श्रेष्ठ ५ हजार ९० मत ल्याएर अध्यक्ष निर्वाचित भएका छन् । ४ हजार ४४६ मत ल्याएका माओवादीका राजेश श्रेष्ठले निकटतम् प्रतिद्वन्द्वीका रुपमा रहँदै पराजित भए । उपाध्यक्षमा कांग्रेसका लालबहादुर थापा विजयी भए । उनले ५ हजार ८२ मत पाए । एमालेकी सावित्रा राना गुरुङ ४ हजार ४६५ मत पाइन् । पाल्पाका १० पालिकामध्ये अहिलेसम्म दुईवटाटाको मात्रै अन्तिम नतिजा आएको हो ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:२४