१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

रसुवाको आमाछोदिङमो गाउँपालिकामा कांग्रेस विजयी

२ जेठ, रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएकाे छ । अध्यक्ष र उपाध्यक्ष दुबै पदमा कांग्रेस विजयी भएकाे हाे । अध्यक्षमा बुचुङ तामाङ १ हजार ४३० मतसहित विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फर्पुसिंगी तामाङले १ हजार ३४५ मत पाए ।

उपाध्यक्षमा कांग्रेसकी चण्डिका तामाङ १ हजार ३८१ मत ल्याएर निर्वाचित भइन् । उपाध्यक्षकी निकटतम प्रतिद्वन्द्वी एमालेकी नविना लामाले १ हजार २२३ मत प्राप्त गरिन् । २०७४ सालमा भएको निर्वाचनमा अध्यक्षमा बुचुङ तामाङले नै जितेका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:०९