१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

गठबन्धनलाई पराजित गर्दै खोटाङको ऐसेलुखर्कमा एमाले विजयी

२ जेठ, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । ऐसेलुखर्क गाउँपालिकामा एमालेका तर्फबाट गिरेन्द्रबहादुर राई २६०६ मतसहित अध्यक्षमा विजयी भएका छन् । गठबन्धनबाट उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार श्रीबहादुर राई २४८० मतसहित पराजित भए । यहाँ ६८५८ मत खसेको थियो । उपाध्यक्षमा गठबन्धनकातर्फबाट उठेका कांग्रेसका राजेश राजभण्डारी विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:०२