१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बालेनका नाममा बाजीः जिते २८ किलोको खसी हारे सोही बराबरको रकम

१ जेठ, काठमाडाैँ । बालेनको नामममा बाजी सुरू भएको छ । नेपालको कानुन अनुसार बाजी राख्नु गैरकानुनी हो । तर काठमाडाैँ महानगरपालिकामा मेयरका उम्मेदवार बालेन्द्र शाहको पक्ष र विपक्षीमा युवाहरूले बाजी राखेर तर्क वितर्क गर्न थालेका छन । खोटाङका दुइ युवाले बालेनको जित र हारमा दाबी र दलिल पेश गर्दै जिते २८ हजारको खसी दिने र हारे सोही बराबरको रकम लिने बाजी राखेका हुन ।

खोटाङको दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ५ का विजय फुयाल र रमेश खड्काले बालेनले जित्ने/नजित्नेमा बाजी राखेका हुन । जितेमा रमेशले २८ केजीको खसी दिने, नजितेमा विजयले २८ केजी बराबरको रकम दिने बाजी थापेका छन् । सहीछाप, दायाँबायाँ औंठा छाप गरेका उनीहरुसँग सुमन बास्तोला, सरोज खतिवडा र दिनेश आचार्य साक्षी छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १४:०९