१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

बझाङको थलारा गाउँपालिकामा गठबन्धनलाई दोब्बर मतान्तरमा पराजित गर्दै एमाले विजयी

१ जेठ, बझाङ । बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका प्रकाश रोकाया २ हजार ७७४ मतसहित विजयी भएका छन ।

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २ हजार १ सय १३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२ सय ३ मत प्राप्त गरेका छन ।

उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका राम खाती ३१ सय ५० मत ल्याएर विजयी भएका छन् । उनकी निटकतम प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५ सय ८७ मत ल्याइन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार १३:५७