बिम्सटेकका लागि २ करोड रूपैयाँ तिरेर बुलेट प्रुफ सवारी भाडामा लिइदै
१६ भदाै, काठमाडाैँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्सटेक) को चौथो सम्मेलनमा सरकार प्रमुखहरूले प्रयोग गर्ने बुलेट प्रुफ सवारी साधन भाडाका लागि मात्र दुर्इ करोड खर्च हुने भएको छ । उक्त सवारी भाडामा ल्याउनका लागि अर्थ मन्त्रालयले गृह मन्त्रालयका नाममा दुर्इ करोड रूपैयाँ निकासा समेत गरिसकेको छ ।
सम्मेलनमा भाग लिन आउने भारतसहित ६ मुलुकका सरकार तथा राष्ट्र प्रमुखले प्रयोग गर्ने बुलेटप्रुफ सवारी र नेटवर्क ह्याक गर्ने जामर जडित सवारी भाडामा ल्याउन अर्थले गृह मन्त्रालयका नाममा यति ठूलाे रकम निकास गरेको हो ।
यही भदौ १४ र १५ गते काठमाडौंमा हुने सम्मेलनमा भाग लिन सदस्य राष्ट्रहरु भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्याण्डका सरकार तथा राष्ट्र प्रमुख भदौ १३ गते काठमाडौं आउँदैछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चढ्ने कार भने भारतबाटै ल्याइने भएको छ ।
प्रकाशित मिति : ७ भाद्र २०७५, बिहीबार ०७:४८