१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा एमालेकाे प्यानल नै विजयी

१ जेठ, रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका-३ मा नेकपा एमालेकाे वडाध्यक्षसहित प्यानल नै विजयी भएको छ । एमालेका मिङमर छिरिङ तामाङले २ सय ६० मत ल्याएर विजयी भए । उनका प्रतिस्पर्धी कांग्रेसका डुक्तार तामाङले १ सय ६७ मत ल्याए । वडा सदस्यमा पालज्योर लामा, छेवाङ निमा तामाङ र महिला सदस्यमा सीता घले तामाङनी विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आईतवार ०८:४९