१९ आश्विन २०८१, शनिबार | Sat Oct 5 2024

पुजाको पढाइमा पत्रकार बुढाथोकीले वार्षिक १० हजार दिने, सशस्त्रका शैलेन्द्रले पनि देखाए इच्छा

६ भदाै, काठमाडाैँ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ६ फोअोठेकी ९ वर्षिय पुजा खत्रीको पठाइमा पत्रकार गजेन्द्र बुढाथोकीले वार्षिक १० हजार रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन । उनले कक्षा १२ सम्म अध्ययन गर्नका निम्ति अाफूले वार्षिक १० हजारका दरले सहयोग गर्ने सामाजिक सञ्जाल ट्वीवटरमा जानकारी दिएका छन ।

उनले अाफ्नो श्रीमतिसँग सल्लाह गेरर यस्तो निर्णयमा पुगेको जानकारी दिएका छन । त्यस्तै सशस्त्र प्रहरीका निरीक्षक शैलेन्द्र थापाले पनि पुजाको पढाइमा अाफूले सहयोग गर्न चाहेको भन्दै पुजासम्म पुग्ने बाटो बताइदिन अाग्रह गरेका छन । म्याग्दीकै जमुनाखर्क माविमा कक्षा ६ मा अध्ययनरत पुजाले अार्थिक अभावमा पढ्न नसकेपछि विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालार्इ एउटा पत्र लेख्दै अाफूलार्इ विद्यालयबाट निष्काशन गर्न अाग्रह गरेकी थिइन ।

भोको पेट, पढ्ने पुस्तक छैन, लगाउने लुगा छैन दिनहुँ कसरी विद्यालय जानु ? बहिनी र हजुरबुबाप्रतिको दायित्व पनि अाफैँसँग भएकाले पुजाले यस्तो कठोन निर्णय गरेकी थिइन । पुजाको यस्तो पीडायुक्त जीवनका बारेमा समाचार प्रकाशित भएपछि मनकारीहरूले सहयोगको घषणा गरेका छन । जसले गर्दा पुजालेमात्र होइन उनको बहिनीले पनि पढ्न पाउने अवस्था सिर्जना हुँदै गएको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७५, शुक्रबार ०८:२२