११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

बलात्कारी जोगाउन खोज्ने कञ्चनपुरका एसपी विष्ट हटाइदै, एसएसपी चन्दको नेतृत्वमा टोली पुग्दै

६ भदाै, काठमाडाैँ । कञ्चनपुर प्रहरी प्रमुखको रूपमा असफल एसपी डिल्लीराज विष्टलार्इ प्रहरी प्रधान कार्यालयले हेडक्वाटर तानेको छ ।  निर्णय भएर कार्यान्वयनकै प्रक्रियामा पुगेपनि प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले स्वीकार गर्न अानाकानी गरेका छन ।

कञ्चनपुरकी निर्मला पन्तको बलत्कारपछिको हत्यामा संलग्नलार्इ जोगाउन एसपी विष्टले हदैसम्मको नाटक गरेपछि उनलार्इ हेडक्वाटर तानिएको प्रहरी महानिरीक्षकको सचिवालय स्रोतले जनाएको छ । स्वर्गीय पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिन नेपाल प्रहरीका एसएसपी विक्रम चन्दलाई खटाएको छ ।

चन्द प्रदेश ७ प्रहरी कार्यालय दिपालयमा कार्यरत रहेका थिए ।  चन्द अहिले रातारात कञ्चनपुर अाइरहेका छन । उनी सम्भवतः रातको १ बजेसम्ममा महेन्द्रनगर पुग्ने प्रहरी स्रोतले जनाएको छ । चन्द महेन्द्रनगर छउन्जेल कञ्चनपुर प्रहरीकाे नेतृत्व सम्हाल्नेछन्।

एसपी विष्टले बलात्कारीलार्इ जोगाउन एक जना मानसिक सन्तुलन गुमाएका ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको थियो। स्थानीयले असामान्य व्यक्ति विष्टलाई पक्राउ गरी अभियुक्तलाई उम्काउने प्रयास गरेको भन्दै मंगलबारदेखि महेन्द्रनगर बजार बन्द गराएका छन् ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार २१:४५