३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

विप्लवको अर्धभूमिगत गतिबिधिमा कांग्रेस नेतादेखि हाइड्रोपावरसम्मको नगद लगानी

६ भदाै, काठमाडाैँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको अर्धभूमिगत गतिबिधि सञ्चालनमा नेपालका ठूला विद्यालय सञ्चालकदेखि सरकारकै केही अंगहरूले समेत नगद सहयोग गरेको खुलासा भएको छ ।  बुधबारको जनअास्थाले सार्वजनिक गरको विवरण अनुसार नेकपाले अाफ्नो गतिबिधि सञ्चालनका निम्ति ८१ थरीका चन्दादाताबाट अार्थिक संकलन गरेको देखिएको छ । जन अास्थाका अनुसार

यसरी विप्लवलाई हालसम्म चन्दा दिनेमा राजेश खड्काको जेम्स स्कुलले २० लाखमा डिल भएकोमा १५ दिइसकेको रहेछ । अब पाँच लाख दिन बाँकी देखियो । पूर्वसभासद् गीता राना क्षेत्रीको ग्यालेक्सी स्कुलसँग पनि २० मै डिल भएकोमध्ये १५ लाख दिइसकिएको र बाँकी पाँच लाख दिन बाँकी छ । टीएल चौधरीको नाइटिङ्गेल स्कुलले पाँचमा पाँचै लाख दिइसकेको रहेछ । हेलि एभरेष्टले १० को डिल भएमध्ये तीन लाख दिइसकेको र सात लाख दिन बाँकी देखिन्छ ।

पूर्वसभासद्समेत रहेका उमेश श्रेष्ठको लिट्टिल एञ्जल्सले २० लाख दिने बचन दिएर पाँच लाख बुझाई १५ लाखका लागि अहिलेसम्म झुलाइरहेको पाइयो । । औषधी माफिया भनेर चिनिने विशाल पण्डितले पाँच लाख दिने भनेकोमा चार लाख बाँकी राखेर एक लाखमा टारेको हिसाबसमेत त्यसैमा छ । पोहोर मारिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद् गौचनले १० लाखको बचन दिएका रहेछन् । कांग्रेस नेता तथा निर्माण व्यवसायी संघका पूर्वअध्यक्ष जिपछिरिङ लामाले १० मा १० लाखै दिइसकेका रहेछन् ।

प्रकाण्डको डायरीमा ‘दीपकबाट आएको’ भनी १५ लाख जनाइएको छ । ती ‘दीपक’ को हुन् ? मल्होत्रा, भट्ट, मनाङे भन्नेचाहिँ खुलेको छैन । शर्मा एण्ड कम्पनीका रमेश शर्माले १० लाख, चन्द्र ढकालको ग्लोबल आइएमई बैंकले १० लाख दिइसकेको रहेछ । अरु त अरु, नेपाल विद्युत प्राधिकरण र चिलिमे जलविद्युत कम्पनीको मुख्य प्रबद्र्धनमा स्थापित रसुवागढी हाइड्रोपावर कम्पनीले पनि विप्लवलाई १० लाख दिइसकेको डायरीमा छ । कर्मचारी सञ्चयकोषको ऋणबाट रसुवामा एक सय ११ मेगावाट विद्युत उत्पादनका लागि उक्त कम्पनी सञ्चालनमा आएको हो ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १९:४८