१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मतदान गरेर पर्कदा लडेर दुई जनाको मृत्यु

३१ बैशाख, काठमाडौं । धनकुटा र भोजपुरमा मतदान गरेर फर्कदा लडेर दुई जनाको मृत्यु भएको छ । धनकुटाको पाख्रिवास नगरपालिका-६ तीन दोभाने बस्ने ५६ वर्षीय गणेश बरालको लडेर शुक्रबार साँझ मृत्यु भएको छ हो ।

प्रहरीका अनुसार सोही नगरपालिका-६ स्थित फलाटे माबि मतदान केन्द्रबाट भोट हाली घर फर्किने क्रममा तीन दोभानेचोक नजिक बाटोको छेउमा लडेर उनको मृत्यु भएको हो । भोजपुरको टेम्केमैयुङ गाउँपालिका-९ सिकुवा बस्ने ३५ वर्षीया तारा राईको लडेर शुक्रबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित देबी माध्यमिक विद्यालय भबन लेखर्क मतदान केन्द्रमा मतदान गरी घर फर्कने क्रममा सोही ठाउँस्थित पान्धारे लेखर्क जाने बाटोबाट करिब ३ सय मिटर तल लडेर उनको घटनास्थलमै मृत्यु भएको हो । दुबै घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १३:००