१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

३१ बैशाख, तनहुँ । देवघाट गाउँपालिकामा मतगणना सुरु भएको छ । केहीबेर अगाडि मतगणना सुरु भएको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिए । उनका अनुसार भोलि बेलुकासम्म सम्पन्न गर्ने लक्ष्यका साथ मतगणना थालिएको हो । देवघाटमा आठ हजार ६४७ मत खसेको छ । १२ हजार ८१५ मतदाता रहेका थिए ।

देवघाट गाउँपालिकामा एक जना वडा सदस्य निर्विरोध निर्वाचित भइसकेकी छन् । देवघाट गाउँपालिका–३ को दलित महिला सदस्यमा ४१ वर्षीया मनमाया विक निर्विरोध निर्वाचित भएकी हुन् । कांग्रेसबाट उम्मेद्वारी दिएकी उनको मात्रै एकल उम्मेद्वारी परेपछि उनी निर्विरोध भएकी थिईन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १२:२९