१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

ललितपुरको गोदावरी नगरपालिकामा पनि गठबन्धन अगाडि

३१ वैशाख, ललितपुर । ललितपुरको गोदावरी नगरपालिकामा पनि माओवादी कांग्रेसको गठबन्धन अघि देखिएको छ । गोदावरी नगरपालिकाकी निर्वाचन अधिकृत श्रद्धा रिजालका अनुसार गठबन्धनकातर्फबाट मेयरका उम्मेदवार गजेन्द्र महर्जनले ६ सय २५ मत ल्याएका छन् भने उपमेयरकी उम्मेदवार मुनाअधिकारीले ६ सय २६ मत प्राप्त गरेकी छिन् ।

एमालेका उम्मेदवार गम्भीर रानाले ४ सय ५३ मत पाएका छन् भने उपमेयरकी उम्मेदवार रमि प्रधानांगले ४ सय ५२ मत पाएकी छिन् ।
एमालेका वडाध्यक्ष उम्मेदवारले भने ४ सय ५३ मत पाएका छन् । गोदावरी नगरको १ नम्बर वडा गोदामचौरबाट मतगणना सुरु भएको अधिकृत रिजालले बताइन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ११:३८