१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

डोकोबाटै भोट दिएर अस्ताए खड्का

३० वैशाख, जाजरकोट । जाजरकोटको जुनिचादे गाउँपालिका ४ का ७४ वर्षीय सार्के खड्काको शुक्रबार स्थानीय तह निर्वाचनमा मतदान गरेको केही समयमै मृत्यु भएको छ ।

मतदानका लागि उनलाई डोकोमा मतदान केन्द्रसम्म ल्याइएको थियो । उनका छोरा भीमबहादुर खड्का जुनिचादे ४ बाट वडाध्यक्षका उम्मेदवार थिए । मत दिएको केही मिनेटमा नै उनको मृत्यु भएको नाति रेशम खड्काले बताए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ११:१५