१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बुटवल उपमहानगरपालिकामा कांग्रेसकाे अग्रता

३१ वैशाख, बुटवल । बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेसले आफ्नो अग्रता कायमै राखेको छ । कुल ९०० मत गणना हुँदा कांग्रेसबाट मेयरका उम्मेदवार खेलराज पाण्डेले ४२२ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका मृगेन्द्र शेरचनले २१५ मत ल्याएका छन् ।

त्यसैगरी तेस्रोमा एमालेका बाबुराम भट्टराईले १६९ मत प्राप्त गरेका छन् । अहिले वडा नम्बर १ को मतगणना चलिरहेको छ । यो वडा एमालेको कमजोर र काँग्रेसको बलियो मानिएको वडा हो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १०:५६