६ फाल्गुन २०८२, बुधबार | Thu Feb 19 2026

भारतमा कोरोना सङ्क्रमित तिव्र, ९ को मृत्यु

३० वैशाख । भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ८४१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको हाे।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनःकेही दिनदेखी नयाँ सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको थियो । यद्यपी गत मङ्गलबारबाट केही मात्रामा कमी देखिएको छ ।

चौविस घण्टाको समयावधि भएका यी नयाँ सङ्क्रमितमध्ये ३६ प्रतिशत राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ । हाल राजधानीमा चार हजार ९२८ सक्रिय सङ्क्रमित रहेका पनि थप जानकारी दिइएको छ । यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ९ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख २४ हजार १९० पुगेको छ ।

भारतभरी अझै पनि सक्रिय सङ्क्रमित १८ हजार ६०४ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । चौविस घण्टाको समयावधि अर्थात् बिहीबार मध्यरातिसम्म तीन हजार २९० कोरोना निको भएका छन् । यससँगै हालसम्म चार करोड २५ लाख ७३ हजार ४६० सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १६:३६