३ मंसिर २०८१, सोमबार | Mon Nov 18 2024

अब श्रीमती मरेका श्रीमानले पनि भत्ता पाउने 

६ भदौ, वैतडी । अब श्रीमती मरेका श्रीमानले पनि भत्ता पाउने  भएका छन् ।  वैतडीकाे मेलौली नगरपालिकाले एकल पुरुषलाई पनि मासिक भत्ता दिने निर्णय गरेकाे हाे । सामाजिक सुरक्षा भत्ता अन्तर्गत जिल्लाको मेलौली नगरपालिकाले ६० वर्षमाथिका विधुरहरुलाई मासिक एक हजारका दरले भत्ता वितरण गर्ने निर्णय गरी नगरपालिकाबाट अहिले १५ लाख रुपैयाँ छुट्याइएको जानकारी मेयर कृष्णसिंह नायकले दिए ।

 असहाय पुरुषहरुलार्इ  जीउन सहज होस्  भनी आफूहरुले भत्ता दिने निर्णय गरेको मेयर  नायकले बताएका छन् । अहिले नगरका ९ वटै वडाका विधुरहरुको तथ्यांक संकलनको काम सुरु गरिएको नायकले बताए । एकल पुरुषलाई मासिक भत्ता वितरण गर्ने सम्भवतः यो नगरपालिका नेपालकै पहिलो नगरपालिका बनेको छ ।

प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १८:१५