१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

मतदानकाे गणना आजै बाट सुरु हुने

३० बैशाख, काठमाडौं । स्थानीय तह निर्वाचन अन्तर्गत मतदानका कार्य सकिएपछि  लगत्तै साँझबाट मतगणना सुरु हुने भएको छ।  मतदानकार्य सम्पन्न भइसकेपछि मुचुल्का तयार गरी पार्टी र उम्मेदवारको रोहबरमा सुरक्षित रूपमा मतपेटिका निर्वाचन अधिकृतको कार्यालयमा ढुवानी गरेर सर्वदलीय छलफल हुने छ ।

आजै मत गणनाकार्य सुरु हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार आज दिउँसो १ बजेसम्म ३७ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा छिटपुट घटनाबाहेक समग्रमा शान्तिपूर्ण र उत्साहपूर्वक नै मतदानकार्य भइरहेको जनाइएका छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १५:१६