१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रसुवामा साढे १२ बजेसम्म ४० प्रतिशत मत खस्यो

३० वैशाख, रसुवा । रसुवामा ४० प्रतिशत मत खसेको छ । दिउँसो साढे १२ बजेसम्मको अपडेटअनुसार जिल्लामा ४० प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनेपश्चात दोस्रो पटक भएको स्थानीय तहको निर्वाचन उत्साहमय रुपमा भइरहेका छ । जिल्लाको सबै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदानको कार्य सुरु भएको थियो । मतदान गर्न ७ बजे अघि देखि नै मतदाताहरु लाइनमा बसेका थिए । मतदान केन्द्रहरुमा बिहानैदेखि घुँइचो लागेको छ । वृद्धवृद्धा, अशक्त, अपांगता लगायतका नागरिकहरूको पनि उत्साहजनक रुपमा मतदानमा सहभागी भएका छन् ।

जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । जसमा २५५ जना कर्मचारी निर्वाचन गराउन खटिएका छन् । जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली खटिएका छन् । जिल्लामा पाँचवटा गाउँपालिका छन् । जसमा २७ वटा वडा छन् । जिल्लामा निर्वाचनका लागि १४५ पदका लागि ४६७ जना प्रतिस्पर्धामा छन् ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १३:५४