१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हुम्ला झडपमा घाइते अधिकृतलाइ लिन, सेनाको हेलिकप्टर

३० बैशाख, हुम्ला । हुम्ला स्थित मतदान केन्द्रमा झडप भएपछी घाइते अधिकृतलाइ लिन नेपाली सेनाको हेलिकप्टर हुम्लातर्फ प्रस्थान गरेको छ । सुर्खेतबाट सेनाको हेलिकप्टर हुम्ला उडेको हो ।

ढुंगामुढाबाट मतदान अधिकृत कृष्ण प्रसाद आचार्य र कार्यालय सहयोगी काला रोकाया घाइते भएको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश नाथ बास्तोलाले जानकारी दिए ।

उनले घाइतेहरूलाई सुर्खेत ल्याएर उपचार गरिने बताए । मतदानका क्रममा एक समूहले प्रहरीमाथि नै ढुंगामुढा गरेपछि प्रहरीले ७ राउण्ड गोली समेत चलाएको थियो । घटना माथिल्लो हुम्लाको चंखेली गाउँपालिका २ स्थित महादेव मावि मतदान केन्द्रमा भएको हो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १२:३८