निर्मला बलात्कार प्रकरणः निर्मला पन्तको बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै स्थानीय अान्दाेलीत
६ भदौ, कञ्चनपुर । निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने बास्तविक अपराधीलाई प्रहरीले उम्काउन खोजेको भन्दै महेन्द्रनगरमा आज पनि स्थानीयले आन्दोलन गरेका छन् । प्रहरीले वास्तविक अपराधी लुकाउन मानसिक सन्तुलन गुमेका व्यक्तिलाई दोषी देखाएर उम्किन खोजेको स्थानीयले आरोप लगाएका छन् ।
आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेरर प्रदर्शनकारीलाई तितरवितर बनाउने प्रयास गरेको छ । आन्दोलनका कारण बजार व्यवसाय पूर्णरूपमा बन्द भएको छ ।
प्रकाशित मिति : ६ भाद्र २०७५, बुधबार १५:१३