२० आश्विन २०८१, आईतवार | Sun Oct 6 2024

पार्टी एकता र सरकार गठन सँगसँगैः उपाध्यक्ष रावल

२९ माघ, काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले नेकपा (माओवादी केन्द्र) सँगको पार्टी एकता र सरकार गठन प्रक्रियालाई सँगसँगै लैजाने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालद्वारा सोमबार आयोजना गरेको साक्षात्कारमा उपाध्यक्ष रावलले अब एक हप्ताभित्रमा नयाँ सरकार गठन हुने बताउनुभयो ।

CPN-UML Vice-Chairman Bhim Rawal speaks with journalists in Kathmandu, on Monday, July 18, 2016. Photo: Reporters’ Club Nepal

देशले राजनीतिक स्थिरता र स्वाधीनतासँगै समृद्धि चाहिरहेको सन्दर्भमा जतिसक्दो चाँडो पार्टी एकता आवश्यक रहेको उहाँको भनाइ थियो । पार्टी एकीकरण प्रक्रियाबारे पार्टी्भित्र र बाहिर विभिन्न धारणा आउनु स्वाभाविक भएको उपाध्यक्ष रावलले बताउनुभयो । “वर्तमान सरकारले निर्वाचन आचारसंहिता, देश र जनताको चाहना विपरीत गरेका विभिन्न निर्णयहरू आगामी सरकारले पुनरावलोकन गर्नेछ”, उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार १६:५२