१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हेटौंडामा शंकास्पद वस्तु फेला

३० वैशाख, हेटाैंडा । हेटौंडामा शंकास्पद वस्तु फेला परेको छ । मतदान सुरु हुनुभन्दा अगाडिय हेटौंडा उपमहानगरपालिका-७ र ८ को सीमाना नजिकै फायरलाइनमा प्रेसर कुकरमा तार बाँधेर राखिएको अवस्थामा फेला परेको हो ।

उक्त शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:१७