१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

बारा, २९ वैशाख। बाराकाे जीतपुर-सिमरा उपमहानगरपालिकाका मेयरका उम्मेदवार पक्राउ परेका छन् । झडप गराएकाे आराेपमा प्रहरीले मेयरका स्वतन्त्र उमेदवार उमाकान्त कँडेललाई नियन्त्रणमा लिएकाे हाे ।

माओवादी केन्द्र निकट उनी महिला बसिरहेको स्थानमा गएर उनले गालीगलाैज गरेपछि झडप भएको स्थानीय राधा महतोले जानकारी दिइन् । घटना स्याउली चोकमा भएकाे हाे ।

महतोका अनुसार उमाकान्तकाे टोलीले गालीगलाैज  गरेपछि झडप हुँदा एमाले पक्षका श्याम न्योपाने घाइते भएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहीबार १०:२७