१३ पुष २०८१, शनिबार | Sat Dec 28 2024

एमालेले दियो लबरुका छोरालाई वडाध्यक्षकाे टिकट

२८ वैशाख, दाङ । नेकपा एमालेले तुलसीपुर उपमहानगरपालिका–१७ को वडा अध्यक्ष पदमा प्रदिप चौधरीलाई उम्मेदवार बनाएको छ । प्रदिप चौधरी लबरु चौधरीका छोरा हुन् ।

एमालेको तर्फबाट वडा अध्यक्षको पदमा उम्मेदवार भएका लबरुको मंगलबार निधन भएपछि उनको ठाउँमा छोरालाई उम्मेदवार बनाएको छ । उनले आज मनोनयन दर्ता गराएका हुन । लबरुको निधन भएपछि निर्वाचन आयोगले त्यस वडाको निर्वाचन ३ जेठमा गर्ने जनाएकाे छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:३९