१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

इजरायली सेनाद्वारा अल जजिराकी पत्रकारकाे हत्या

गाजा, २८ वैशाख। वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर अल जजिराकी एक पत्रकारको मृत्यु भएको छ । इजरायली सेनाको गोली लागेर सेरिन अबु अक्लेहको मृत्यु भएको कतारस्थित समाचार च्यानल र प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अक्लेहलाई जेनिन सहरमा सेनाको छापामारको रिपोर्टिङ गर्दा गोली लागेको अल जजिराले जनाएको छ ।सेना र प्यालेस्टिनी बन्दुकधारीबीचको झडपको क्रममा उनी मारिएको हुनसक्ने इजरायली सेनाले जनाएको छ । आक्रमणमा अर्का पत्रकार घाइते भएका छन् । उनको अवस्था स्थिर छ । अक्लेह अल जजिराको अरबी समाचार सेवामा एक प्रमुख व्यक्तित्व थिइन् ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:२९