१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

हेटौंडामा नेकपा समाजवादीको समर्थन लामालाई

२७ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी मिना कुमारी लामालाई नेकपा (समाजवादी) पार्टीले समर्थन गरेको छ ।

पार्टीको मंगलबार साँझ बसेको बैठकले लामालाई समर्थन गर्ने निर्णय गरेको जिल्ला इन्चार्ज केदारनाथ दुलालले जानकारी दिए । समाजवादीबाट मेयर पदमा उम्मेदवारी दिएका रोमनाथ भुर्तेल नेकपा एमालेमा प्रवेश गरेपछि समाजवादीले लामालाई समर्थन गरेको हो ।

पार्टीले भुर्तेललाई लाल गद्दारको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरी कारबाहीसमेत गरेको छ । मेयर पदमा नेकपा एकीकृत समाजवादीकी नेत्री मिनाकुमारी लामालाई कलम चुनाव चिन्हमा मतदान गरी मतले विजयी गराउन दुलालले सम्पूर्णमा आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार २०:४५