२० माघ २०८२, मंगलवार | Tue Feb 3 2026

अमेरिकी दूतावासमा गोली प्रहार

५ भदाै, काठमाडाैँ । टर्कीमा रहेको अमेरिकाको दूतावासमा  गोली प्रहार भएको छ । टर्कीका एकजना सरकारी अधिकारीका अनुसार दूतावासमा ६ ओटा गोली प्रहार भएको थियो । गोली फलामे ढोका र दूतावासको भित्तामा लागेको थियो ।

घटनामा कुनै मानवीय क्षति भने नभएको अमेरिका र टर्की दुवै तर्फका अधिकारीहरूले जानकारी दिएका छन् । दूतावासमा प्रवक्ता डेभिड गाइनरले घटनास्थललाई अहिले सुरक्षाकर्मीले आफ्नो नियन्त्रणमा लिइसकेको एएफपीलाई जानकारी दिनुभयो ।

अमेरिकी प्रतिबन्धका बावजुद पनि टर्कीको हल्क नामक बैङ्कले इरानलाई सहयोग गरेको आरोपमा उक्त बैङ्कमाथि अनुसन्धान गरिरहेका समय टर्कीले आफ्नो भूमिमा बन्दी जीवन बिताइरहेका अमेरिकी धर्मगुरु एन्ड्रु ब्रुन्सोन तथा अन्य अमेरिकी नागरिकको रिहाईका लागि उक्त शर्त राखेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७५, मंगलवार ०९:४४