१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

दुधौलीका कांग्रेसले अब रुखमा भोट हाल्न पाउलान ?

२३ वैशाख, सिन्धुली । के दुधौलीका कांग्रेसले अब रुखमा भोट हाल्न पाउलान ? अहिले दुधौलीका कांग्रेस विच गम्भिर रुपमा खडा भएको प्रश्न हो यो । त्यसो भए के दुधौली नेपाली कांग्रेसका लागि दोस्रो भरतपुर बन्न लागेको हो त ? पक्कै पनि कांग्रेसजनमा यो प्रश्न आउनु अस्वभाविक होइन । किन भने गत निर्वाचनमा व्यापक अन्र्तघातका विच ६ सय मतले चुनाव हारेको दुधौली नगरमा यो पटक नेपाली कांग्रेसले प्रमुख पदमा उम्मेदबारी नै दिन पाएन अर्थात कांग्रेसीहरुले रुखमा भोट हाल्न पाएनन ।

कारण हो गठबन्धन । बरु दुई हजार आठ सय मतले हारेको कमलामाई नगरपालिकामा कांग्रेसको उम्मेदबार भयो । तर झिनो मत अन्तरले हारेको ठाउँमा भएन । यसको मुल कारण हो गठबन्धन घटक दल माओवादी केन्द्रका जिल्ला इन्चार्ज राजन दाहालको स्वार्थ । दुधौली नगरपालिका राजन दाहालको चुनाव क्षेत्र हो ।

गत संसदिय निर्वाचनमा दाहालले दुधौली नगरपालिका र कमलामाई नगरपालिकाको वडा नं. ९, १३ र १४ सम्मिलित प्रदेश सभा क्षेत्रबाट एमालेको समेत मतको बलमा चुनाव जितेका थिए । दाहाल फेरिपनि यहि क्षेत्रबाट चुनाव उठ्न चाहन्छन् । त्यसैको तयारीका लागि उनले गठबन्धनमा दुधौली नगरपालिकामा आफ्ना विश्वासपात्र दिनेश अधिकारीलाई चुनाव जिताउन सिट सुरक्षित गरेका छन् ।

सुनकोशिमा श्रीमती दिपा बोहोरा र दुधौलीमा दिनेश अधिकारीलाई प्रमुख पद दिन नेपाली कांग्रेस राजि भएपछि उनले मरिण हरिहरपुरगढी जस्ता माओवादीको सहज जित भएको पालिकाहरुमा समेत कांग्रेसलाई उपाध्यक्ष दिन तयार भए । आफू संघिय सांसद उठ्ने चुनाव क्षेत्रका अत्यन्तै पकड एरिया मरिण र हरिहरपुरगढीमा कांग्रेस प्रवेश नगराउन हरिबोल गजुरेल दिलो ज्यानले लागिपरेपनि राजन दाहालको चुनावि क्षेत्रको संरक्षण भयो गजुरेलको झन विगारियो ।

माओवादी जित्ने भनिरहेको घ्याङलेख गाउँपालिका समेत राजन दाहालका बुढाबुढि सुरक्षित हुने नाममा कांग्रेसको पोल्टामा गयो र उपाध्यक्षमै चित्त बुझाउन वाध्य भयो माओवादी । यि परिघटनालाई नजिक बाट नियाली रहेका दुधौलीका कांग्रेसजनले अब फेरिपनि रुखमा भोट हाल्न पाईदैन कि भनेर संका गर्नु अस्वभाविक हुदै होइन ।

धेरै कांग्रेसीहरु दुधौलीमा माओवादीले नगर प्रमुख जित्यो भने कांग्रेसले फेरिपनि हसिया हथौडामा भोट हाल्नुपर्ने वाध्यता आइनपर्ने कुरा स्वीकार गर्छन । यो कुराले सबैभन्दा ठूलो मार भने गत निर्वाचनमा नेपाली कांग्रेसबाट प्रमुख पदमा चुनाव लडेर ६ सय मतले पराजित कांग्रेस नेतृ गंगा दाहाललाई परेको छ ।

आफैसँग प्रतिस्पर्धा गरेका मेयर उम्मेदबार दिनेश अधिकारीलाई गठबन्धनको तर्फबाट मेयर पदमा उम्मेदबार बनाएपछि उप मेयर खाने कि नखाने भन्ने दोधारका विच कुनै ठाउँबाट प्रदेश सांसदको ग्रिन सिंग्न पाएकी दाहालले नगरको उप प्रमुख खानु भन्दा केहि समय पर्खेर प्रदेश सांसद हुदै प्रदेश मन्त्री समेत हुन सक्ने प्रष्ट रोडम्याप देखेर उप मेयरमा चन्द्रकिशोर थारुलाई अगाडि सारिन । तर परिस्थिति यसरी बदलिएको छ कि राजन दाहालको स्वार्थ प्रष्ट रुपमा सतहमा आएको छ ।

दाहालको पनि संघिय सांसद हुनु भन्दा प्रदेश सांसद भएर नै केहि बजेट परिचालन गर्न सकिने अनुभव छ । आफु सँगै संघिय सांसद भएका सहयोद्धा हरिबोल गजुरेलले संघिय बजेट केहि पनि ल्याउन नसकेको अवस्थामा प्रदेशबाट बरु धेर थोर बजेट ल्याउन सकेकोअ अनुभव दाहाललाई छ । त्यसैले उनि प्रदेश सांसद नै दोहो¥याउन चाहन्छन् त्यसका लागि उनको अर्को चुनावि क्षेत्र नै छैन । दाहाल जसरी पनि दुधौली क्षेत्रबाट नै प्रदेश सांसद उठ्नु पर्छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले यो गठबन्धन स्थानीय तहका लागि भन्दा बढि संघ प्रदेशको चुनावका लागि गरेका हुन । उनि के पि ओलिले जसरी माओवादीको मतको बलमा कांग्रेसको बहुमत ल्याउन चाहन्छन् । नभए पनि ठूलो दल बन्ने सपना उनमा छ । त्यसैले संघ प्रदेशमा गठबन्धन हुने कुरा सत प्रतिशत ग्यारेन्टी जस्तै छ । यदि संघ प्रदेशमा गठबन्धन भयो भने दुधौली क्षेत्रबाट माओवादी जिल्ला इन्चार्जलाई रोक्ने एक मात्र आधार भनेको अहिले नै त्यहा माओवादीलाई चुनाव हराएर राजन दाहाललले चुनाव जित्न सक्दैनन् भन्ने सन्देश दिने हो ।

दुधौलीमा कांग्रेसले हसिया हथौडामा मत हालेर माओवादीलाई जिताउनु भनेको भरतपुरमा जस्तै पटक पटक हसिया हथौडामा भोट हालि राख्ने बातावरण निर्माण गर्नु हो । यो पटक कांग्रेसले मेयरमा धोका दिन सक्यो भने दाहाल कांग्रेसको मतको बलमा चुनाव लड्न अगाडि नै सर्दैनन् । दुधौली नगरमा माओवादीलाई हराउने हो भने कमलामाई नगरको ९, १३ र १४ माओवादी अत्यन्तै कमजोर भएको वडाहरु भएकाले त्यहा माओवादीले चुनाव जित्ने कुनै पनि सम्भावना रहदैन । कमलामाई ९ नं. वडा विगतमा एमालेको जितेको वडा हो ।

यो पटक एमाले १३ नं. वडा पनि जित्न सक्ने आकलन भईरहेको छ भने १४ नं. वडामा पनि एमाले कमजोर छैन । यि तिन वटै वडामा एमाले कांग्रेसको मत दुई हजार बढि भएपनि माओवादीको मत भने पाँच सय पनि छैन । दुधौली नगरमा पराजित भए यि वडाबाट झनै पराजित हुने डरले पनि दाहाल चुनाव उठ्न सक्दैनन । यस्तोमा दाहालले आफैले विगारेको कमलामाई सुनकोशी सम्मिलित निर्वाचन क्षेत्र नं. २ को अर्को प्रदेश रोज्न सक्छन् । यहाँ आफ्नो गृह पालिका सुनकोशि समेत भएकाले उनले हारे पनि यहि क्षेत्रबाट चुनावि प्रतिस्र्धा गर्न सक्छन् ।

दुधौलीका कांग्रेसहरुले पटक पटक हसिया हथौडामा मत नहाल्ने हो भने अहिले माओवादीलाई हराउन सक्नु पर्छ जसरी भरतपुरका कांग्रेसहरु पटक पटक हसिया हथौडामा मत हाल्नुपर्ने अवस्थाको अन्त्य गर्न स्वतन्त्र उम्मेदबार खडा गरेर रेणु दाहाललाई हराउन प्रयासरत छन् । नत्र प्रचण्ड देउवाले घोषणा गरेको दशक टिक्ने गठबन्धनमा दुधौलीका कांग्रेसहरु माओवादीलाई भोट दिई रहन वाध्य हुनेछन् ।

दुधौलीका कांग्रेसहरुले पहिलो चरणमै कांग्रेस जोगाउछन् कि भरपुरले जसरी चेते पछि त्यो हेर्न जेठको १, २ गते सम्म भने कुर्नै पर्ने हुन्छ । त त्यसको निर्णय भने बैशाख ३० गते नै मत हाल्दा विवेक पूर्वक गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २३ बैशाख २०७९, शुक्रबार २२:३४