पूर्वराजदूत केशवराज झाकाे हत्या अाशंकामा कुक र दुई माली पक्राउ
४ भदौ, काठमाडौँ । काठमाडौंको बबरमहलस्थित निजी निवासमा पूर्वराजदूत केशवराज झाकाे हत्या भएपछी सोधपुछका लागि प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । घटनाको अनुसन्धानका क्रममा महानगरीय अपराध अनुसन्धान महाशाखाले झाको निवासमा कार्यरत कुक सानु तामाङ र दुई जना मालीलाई नियन्त्रणमा लिएको हो ।
झाको पारिवारिक स्रोतका अनुसार तामाङ ७ वर्षदेखि त्यहाँ कार्यरत थिए । ‘दुई जना माली भने हप्तामा दुई/तीन दिन सरसफाइका लागि आउने गरेका थिए’, स्रोतले भन्यो, ‘तामाङले पालेको रुपमा पनि काम गर्थें ।’झाको घाँटी र टाउकोमा चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरी अनुसन्धानले देखाएको छ । झाका छोरा–बुहारी शनिबार मात्र आयरल्याण्ड गएका थिए भने छोरी पनि नेपाल बाहिरै छिन् ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १८:१८