१६ आश्विन २०८१, बुधबार | Wed Oct 2 2024

पुष्पलाल लोकमार्गमा पहिरो, सवारी आवागमन बन्द

२२ वैशाख, खोटाङ । भोजपुरबाट खोटाङ जाने पुष्पलाल लोकमार्गको सोल्मामा पहिरो जाँदा सवारी आवागमन अबरूद्ध भएको छ । वर्षा कारण बिहानैदेखि खसेको पहिरो पन्छाउने काम चलिरहेको छ । ठूलो पहिरो तर पन्छाउनका लागि जम्मा एउटामात्र डोजर भएपछि समय लागेको छ । बाटो अबरूद्ध भएपछि यात्रुहरू भने हिँडेर दिक्तेलतर्फ लागेका छन । पहिरो खसेको सोल्मामा सरकारले पुल बनाउने काम गरिरहेको छ । तीन महिनाअघि सुरू भएको कामले खासै गति लिन सकेको छैन । तस्बीर र भिडियोः पत्रकार लक्ष्मण डंगोल

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार १०:३१