निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त दिलिपसिंह विष्ट २५ दिनपछि पक्राउ
४ भदौ, काठमाडौँ । कञ्चनपुरको भीमदत्तनगर नगरपालिका–२ की ११ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गर्ने मुख्य अभियुक्त पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले घटना भएको २५ दिनपछि स्थानीय दिलिपसिंह विष्टलाई पक्राउ गरेको हो । पक्राउ परेका विष्टलाई सोमबारै जिल्ला अदालत, कञ्चनपुरबाट म्याद थप गरेर सार्वजनिक गर्ने तयारी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।
उनले आफ्नो कसुर स्वीकार गरिसकेको तथा घटनामा अन्य व्यक्तिको संलग्नता छ कि छैन भन्ने बारेमा अझै प्रष्ट भैनसकेकाे प्रहरीले जनाएकाे छ ।
१० साउनमा घरबाट साथीलाई भेट्न हिँडेकी पन्त भोलिपल्ट बिहान उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् । अनुसन्धानका क्रममा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १७:४६