चितवनमा दुई किशोरीमाथी सामुहिक बलात्कार, बलात्कारमा संलग्न ७ जना पक्राउ
४ भदौ, चितवन । चितवनमा दुई किशोरीमाथी सामुहिक बलात्कार भएको घटना सार्वजनिक भएको छ ।
प्यूठान जिल्ला घर भइ भरतपुर ११ मा बस्दै अाएकी १७ वर्षे किशोरीमाथी गत साउन ३० गते सामुहिक बलात्कार भएपनि पीडितका आफन्तले भदौं १ गतेमात्र प्रहरीमा जाहेरी दिएका थिए ।किसाेरीले गरेकाे उजुरीका आधारमा प्रहरीले ५ जना युवाहरुलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नवलपुर गैंडाकोट नगरपालिका-४ का २१ वर्षे युवराज सारुमगर, सोही नगरपालिका वडा नः २ का १९ वर्षीय सैन्थिल धिमाल, भरतपुर महानगरपालिका वडा नः ११ का २० वर्षीय आकाश थापा, महानगरपालिका वडा नः २९ का ३५ वर्षीय अर्जुन वि.क र अर्का १७ वर्षीय बालक छन् ।
त्यस्तै, चितवनकै माडी नगरपालिकामा १५ वर्षीय एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । किशोरीलाई बलात्कार गरेको भन्दैं दुईजना युवकलाई प्रहरीले भदौं १ गते गिरफतार गरेको छ । बलात्कारको आरोपमा पक्राउ पर्नेमा माडी नगरपालिका-३ का २३ वर्षे रामप्रताप महतो र सोही स्थानका २४ वर्षका नवराज महतो रहेछन् ।
घरतर्फ जाँदै गरेकी किशोरीलाई मोटरसाइकलमा आएका दुईजना युवाले घर पुर्याइदिने भन्दैं एकान्त स्थानमा लगेर बलत्कार गरेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार १६:३८