१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

त्रिभुवन विमानस्थलमा शंकास्पद बस्तु राखेको हल्लापछि यात्रुहरूलाई बाहिर राखियो

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद बस्तु राखिएको हल्लापछि यात्रुहरूलाई बाहिर पठाइएको छ । विमानस्थल परिसरमा बम राखेको भनेर अज्ञात व्यक्तिले प्रहरीलाई फोन गरेका थिए । फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरूलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको हो ।

अहिले आन्तरिक उडानहरू बन्द गरेर शंकास्पद बस्तुबारे सुरक्षा निकायले सर्च अपरेशन जारी राखेको छ । त्यसका लागि नेपाली सेनाको बम डिस्पोजल टोली, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ । शंकास्पद बस्तु राखेको हल्लापछि यात्रुहरूलाई बाहिर राखिएको छ । बोर्डिङ पास लिएर उडानको तयारीमा रहेका यात्रुहरूलाई समेत बाहिर पठाइएको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार ११:३५