१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

यस्ता छन् घोडाघोडी नगरपालिकामा पाँच वर्षमा भएका काम

२१ वैशाख, कैलाली । दुई दशक पछि जनप्रतिनिधि आउँदा घोडाघोडी नगरपालिकामा कागजको नगरपालिकामा मात्रै सीमित रहेको थियो । प्रमुख उपप्रमुख सहित अधकिांस वडामा एमालेका उम्मेदवारहरूले जितेपछि घोडाघोडीमा विकासले गति पाएको छ ।

यहाँको शिक्षा,स्वास्थ्य, भौतिक पूर्वाधारमा नगरपालिकाले ठुलो लगानी गरेको छ । घोडाघोडी ताल क्षेत्रलाई नेपालमै पहिलो वर्ड सेन्चुरीको रूपमा घोषणा गर्नु सबै धन्दा ठुलो उपलब्धि हो । त्योसँगै अहिले घोडाघोडी तल क्षेत्रको मुहार पर्ने काम भइरहेको छ । गुरु योजना अनुसार यहाँको स्वरूप बदल्ने गरी काम भइरहेको हो । घोडाघोडी नगरपालिकामा पछिल्लो पाँच वर्षमा शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ ।

यो नगरपालिकामा १८ मावि र ३३ आधारभूत तहका विद्यालय छन् । यहाँ ५१ सामुदायिक विद्यालय छन् । ३५ वटा संस्थागत गरी ८६ वटा विद्यालयहरू, ३ वटा क्याम्पसहरू सञ्चालनमा रहेका छन् । यस भन्दा पहिले ५७ वटा सामुदायिक विद्यालय सञ्चालनमा थिए । गुणस्तरीय शिक्षाको लागि नगरपालिकाले विद्यालय समायोजन, तह मिलान र व्यवस्थापनलाई प्रभावकारी रूपमा अघि बढाइएको छ ।

स्थानीय तहमा जनप्रतिनिधि नहुँदा २ दश अन्य क्षेत्र जस्तै यहाँ पनि शिक्षामा थुप्रै समस्या थिए । विद्यालयमा भौतिक संरचना मात्रै होइन गुणस्तर पनि कमजोर थियो । विद्यालय जाने उमेर समूहका बालबालिकाहरू ग्रामीण क्षेत्रमा सस्तो मा श्रम बेच्न बाध्य थिए । तर, अहिले अवस्था फेरिएको छ ।

अहिले घोडाघोडी नगरपालिकाभित्र रहेका १२ वटै वडाका विद्यालयहरूमा गुणस्तरीय शिक्षाको लागि शिक्षक सिकाइ कार्यक्रम पनि चलिरहेको छ । पहिले जस्तो बिद्यार्थिहरु पानीमा कक्षा भित्रै रुझेर बस्ने बाध्यताको अन्त्य भएको छ । उर्खमाउलो गर्मीमा असिना पसिना हुने पीडाबाट पनि विद्यार्थीले मुक्ति पाएका छन् ।

अहिले सबै विद्यालयमा बिजुली पुगेको छ । बिद्यार्थिलाई स्वच्छ खानेपानीको सकस छैन । पङ्खा मुनि आनन्दले पढ् पाएका छन् । शिक्षण सिकाइ क्रियाकलापमा सूचना सञ्चार र प्रविधिको प्रयोग बढेको छ । स्मार्ट बोर्ड, कम्प्युटर ल्याब, पुस्तकालय र विज्ञान प्रयोगशाला निर्माण पछि बिद्यार्थि अझै प्रभावकारी शिक्षा पाएका छन् ।

नमुना विद्यालय कार्यक्रमले अझै बिद्यार्थिहरु लाभान्वित भएका छन् । कक्षा १ देखि ३ सम्मका विद्यार्थीले एलइडिमा हेरेर पढ्दा पाउँदा मक्ख छन् । ठुला कक्षामा प्रोजेक्टर र डिजिटल म्याट्रियल माध्यमबाट अध्यापन हुँदै आएको छ ।
घोडाघोडी नगरपालिको शिक्षा शाखाले अभिभावक शिक्षा, शिक्षक क्षमता विकास कार्यक्रम, शैक्षिक सामग्री व्यवस्थापन ,प्रविधिको माध्यमबाट शिक्षण सिकाइ, कक्षा कोठा व्यवस्थापनका जोड दिएको थियो । यसले गर्दा पनि शिक्षा मा भौतिक गुणस्तरसँगै शैक्षिक गुणस्तरमा वृद्धि भएको पाइएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार साडेपानीको दशरथ माध्यमिक विद्यालयलाई नमुना विद्यालय घोषणा गरिएको छ । पहलमानपुरको पहलमानसिंह मेमोरियल माविमा प्राविधिक धार तर्फ बाली विज्ञान शिक्षा दिइरहेको छ । प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा कान्ति राज्य लक्ष्मी माविलाई ठुला विद्यालयको रूपमा विकास गरिएको छ ।

महिनावारी भएका वेला विद्यालयमा सहज शिक्षण सिकाई क्रियाकलापमा सहभागिताका लागि सबै छात्राहरूलाई विद्यालयमा निःशुल्क सेनिटरी प्याडदिने व्यवस्था गरिएको छ । विद्यालय आउने सङ्ख्या वृद्धि गर्न दिवा खाजाको कार्यक्रम प्रभावकारी भइरहेको छ । प्रारम्भिक बाल विकास कक्षा देखि ५ कक्षा सम्म सबै सामुदायिक विद्यालयमा छात्र छात्राहरूलाई दिवा खाजाको व्यवस्था गरिएको छ ।

२१ वटा एकल अधिकारको सूचिमा रहेको विषय र १५ वटा तीन तहको साझा अधिकारको सूचिमा परेका विषयलाई पनि नगरपालिकाले त्यत्तिकै प्राथमिकतामा राखेको थियो । प्रदेशमै पहिलो पटक घोडाघोडीमा प्रादेशिक चलचित्र विकास वार्ड स्थापना हुने भएको छ । यसको लागि घोडाघोडी नगरपालिकाले सम्झौता पनि गरिसकेको छ ।

त्यसको लागि पाँच वर्षमा नगर कार्यपालिकाका ११९ वटा तथा १८ वटा नगर सभा बैठक सम्पन्न भए । पाँच वर्षमा स्थानीय तहको संस्थागत क्षमता मूल्याङ्कन पनि उत्कृष्ट रहेको छ । पाँच वर्षमा ८ वटा नयाँ स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्यो । वर्थिङ सेन्टर र प्रयोगशाला निर्माण भयो । तीन वटा एम्बुलेन्सले २४ घण्टा नगरवासीलाई सेवा लिइरहेको छ । नगरपालिकामा स्वास्थ्य राहत कोषको स्थापना गरिएको छ ।

स्वास्थ्यसँगै भौतिक विकासमा पनि घोडाघोडीले फड्को मारेको छ । यहाँ ४ वटा पक्की पुल निर्माण भएका छन् । ६ वटा झोलुंगेपुल निर्माण । ३३ किलोमिटर कालोपत्रे सडक, ४सय७३ किलोमिटर ग्राभेल,११५ वटा कल्भड निर्माण, ५ वटा खानेपानी योजना, ७७ वटा सामुदायिक भवन निर्माण, ७।२ किलोमिटर तटबन्ध निर्माण र १८ शौचालय निर्माण सम्पन्न भएको छ ।

नगर कार्यालय निर्माणको अन्तिम चरणमा पुगेको छ । नगर अस्पताल निर्माण भएको छ । वडा कार्यालयहरू निर्माण भएका छन् । स्वास्थ्य भवन, पार्क खेलमैदान पनि नगरपालिकाको प्राथमिकतामा परेको छ । नगरपालिका अन्तर्गत रहेको विभिन्न शाखाहरूले पनि यो पाँच वर्षमा उल्लेखनीय काम गरे । कृषि शाखाले किसानहरूलाई उत्पादनसँग जोड्न निकै महत्त्वपूर्ण गतिविधिहरू गरेको थियो ।

साना सिचाइ बोरिङ, पावर टिलर,मिनी टिलर,रिपर वितरण देखी उत्कृष्ट किसानलाई पुरस्कार, भकारो सुधार कार्यक्रमहरू पनि समेटिए । पशु सेवा अन्तर्गत आय आर्जनका लागि बाख्रा वितरण, प्राकृतिक नस्ल सुधार कार्यक्रम,युवा स्वरोजगार कार्यक्रम,पशु आहारा सुधार कार्यक्रम पनि प्रभावकारी भएको छ ।

स्थानीय सरकारको लागि आवश्यक पर्ने ४८ वटा कानुन निर्माण भएका छन् । शिक्षा क्षेत्रलाई विकासको हवका रूपमा अगाडी बढाउने लक्ष्यका साथ चार कोठे र २ कोठो गरी २० वटा भवनको निर्माण भएको छ । भूमिहीन सुकुम्वासीको हकमा लगत सङ्कलन गरी लालपुर्जाको लागि सम्झौता समेत भइसकेको छ।

विभिन्न वडाहरूमा अस्थायी र स्थायी प्रहरी बिटको स्थापना समेत भएका छन् । वडा विकास योजना निर्माणको सुरुवात भएको हो । सीमित स्रोत साधना सीमित जनशक्ति र भौतिक संरचनाको अभावका बिचमा नगरपालिकाले पाँच वर्षका थुप्रै प्रशंसनीय काम गरेको छ ।

दुई दशक पनि जनप्रतिनिधि आउँदा नगरवासीले गरेका अपेक्षाहरू केही मात्रामा पुरा भएका छन् । तर, अझै विकासले गति पाउनु छ । नगरले समृद्धि पाउनु छ । घोडाघोडी नगरपालिकालाई पाँच वर्षमा समृद्ध नगर बनाउने अभियानमा रहेको ममता प्रसाद चौधरी पुन एमालेको तर्फबाट नगरप्रमुखको उम्मेदवार बनेका छन् । उनी सहित अहिले पुरै टोली प्रचार प्रसारमा जुटेको छ ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १०:२७