१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

आईजीपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

२१ वैशाख, काठमाडाैँ । नेपाल प्रहरीमा धीरजप्रताप सिंहलाई आईजीपी नियुक्त गर्ने सरकारकाे गत आइतबारकाे निर्णयविरुद्ध परेकाे रिटमा आज बुधबार सर्वाेच्च अदालतमा सुनुवाइ हुने भएकाे छ । सिंहको नियुक्तिविरुद्ध एआईजी विश्वराज पोखरेलले वारेसमार्फत लगेको रिट स्वीकार गर्दै सर्वाेच्चले सुनुवाइका लागि आज बुधबार मिति तोकेको थियाे ।

वरिष्ठता मिचेर सिंहलाई आईजीपीमा नियुक्त गरेकाे दाबीसहित पाेखरेल गत साेमबार सर्वाेच्च पुगेका हुन् । सिंहभन्दा पोखरेल १६ महिना अगाडि एआईजीमा बढुवा भएका थिए । मन्त्रिपरिषद्काे आइतबारकाे बैठकले सिंहलाई आईजीपीमा नियुक्त गरेकाे थियाे ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार १०:१५