१५ आश्विन २०८१, मंगलवार | Wed Oct 2 2024

कांग्रेस कार्यालयमा रूपमान्तरण भयो प्रधानमन्त्री निवास, बालुवाटारमा पार्टी प्रवेश कार्यक्रम

२० वैशाख, काठमाडाैँ । प्रधानमन्त्रीको सरकारी निवास नेपाली कांग्रेसको पार्टी कार्यालयमा रूपान्तरण भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धनको चुनावी बैठकको अलवा पार्टी प्रवेशको कार्यक्रम पनि प्रधानमन्त्री निवासमै गर्न थालेका छन ।

आसन्न स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा चर्चित कलाकारहरु कांग्रेसमा प्रवेश गरेका छन् । चर्चित नायक भुवन केसी, नायिका स्वेता खड्का, कलाकार रवीन्द्र खड्कालगायत आज प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर कांग्रेसमा प्रवेश गरेका हुन ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले उनीहरुलाई मंगलबर पार्टी प्रवेश गराएका हुन । प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा माइती नेपालका संस्थापक एवं पूर्वप्रदेश प्रमुख अनुराधा कोइराला, कांग्रेस नेतासमेत रहेका कलाकार नीर शाहलगायत पनि उपस्थित रहेका थिए ।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलवार १५:०३