कालीमाटी बजारमा अनुगमनमा गएको टोलीलार्इ व्यापारीले थुने चार घण्टा
४भदौ,काठमाडाै । कालीमाटी फलफूल तथा तरकारी बजार अनुगमन अनुगमन गर्ने क्रममा दुईवटा ट्रक नियन्त्रणमा लिएपछि अनुगमन गर्न पुगेको टोलीलाई व्यापारीले चार घण्टा थुनेका छन् । तरकारी बजारको व्यवसायी तथा विचौलियाको समूहले अनुगमन टोलीलाई थुनेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली अाज बिहान अनुगमनका लागि कालीमाटी पुगेको थियो । टोलीलाई प्रहरीले ‘स्कटिङ’ गरेर बजारबाट बाहिर निकालेको थियो ।
बजार अनुगमनका क्रममा अवरोध हुँदाहुँदै पनि उपत्यका बाहिरबाट फर्सी र काक्रो लिएर आएका दुई ट्रकसँग बिलविजकलगायतका कागजात नभेटिएपछि नियन्त्रणमा लिएको केन्द्रीय अनुगमन समितिका सदस्य माधव तिमिल्सिनाले जानकारी दिए । प्रहरीको सुरक्षामा चारघण्टापछि बाहिर निस्किएको तिमिल्सिनाले बताएका छन् ।
प्रकाशित मिति : ४ भाद्र २०७५, सोमबार ११:१६