१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा दुई एआईजीको छुट्टाछुट्टै रिट

१९ वैशाख, काठमाडाैँ । वरिष्ठता मिचेर जुनियरलाई सरकारले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने निर्णय गरेको भन्दै उक्त निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा रिटसहित सर्वोच्च अदालत पुगेका छन । उनीहरूले छुट्टा छुट्टै रिट निवेदन दिएका छन । पोखरेलको रिट दर्ता भैसकेको र थापाको रिट दर्ता हुनेक्रममा रहेको छ । महानिरीक्षकमा नियुक्त धिरजप्रताप सिंहले भने बिहानै दर्ज्यानी चिन्ह लिएर पदभार ग्रहण गरिसकेका छन ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ११:३४