१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

अदालत नखुल्दै फुली थपियो महानिरीक्षकमा नियुक्त सिंहको, पोखरेल र थापा सर्वोच्च जाँदै

१८ वैशाख, काठमाडाैँ । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रतिस्पर्धी भन्दा १६ महिना जुनियर धिरजप्रताप सिंहको बढुवा गरेको भोलिपल्ट कार्यालय समय सुरूहुनु अगावै दर्ज्यानी चिन्हले शुशोभन गरिएको छ । मन्त्रिपरिषद्को हिजोको बैठकले सिंहलाई बढुवा गर्ने निर्णय गरेको थियो । अदालतले सरकारको निर्णय खारेज गर्ने डरले सिंहले कार्यालय समय सुरू हुनु अगावै भोलिदेखि संगठनको नेतृत्व सम्हालेका छन ।

२०७७ मंसिरमा एआईजी भएका विश्वराज पोखरेल र २०७८ असारमा एआईजी भएका सहकुल थापाभन्दा धिरजप्रताप जुनियर हुन् । उनीहरू भने सर्वोच्च अदालत जाँदैछन । यस्तै सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले पनि दर्ज्यानी चिन्ह पाएका छन । उनले पनि सशस्त्रको नेतृत्वको सम्हालेका छन । उनको सन्दर्भमा भने कुनै विवाद रहेको छैन ।

प्रकाशित मिति : १९ बैशाख २०७९, सोमबार ०९:३४