१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

महानगरमा पनि एमाले खाता खोल्यो, ललितपुर महानगरपालिकाबाट सुचिना निर्विरोध निर्वाचित

१७ वैशाख, काठमाडाैँ । स्थानीय तहको निर्वाचनमा ललितपुर महानगरपालिकामा एकजना महिला सदस्य निर्बिरोध भएकी छन । नेपाल कम्युनिष्ट पार्टी एमाले को तर्फबाट ललितपुर महानगरपालिका–११ दलित महिला सदस्य पदका उम्मेदवार सुचिना परियार निर्विरोध भएकी हुन । योसँगै एमालेले महानगरमा पनि खाता खोलेको छ ।

यद्यपी यसको आधिकारीक घोषणा निर्वाचन सकिएपछि मात्र हुनेछ । एक्लो उम्मेदवारी परेको कारण सुचिना निर्बिरोध भएकी हुन । सो वडामा अन्यपार्टीको तर्फबाट अन्य दलित महिलाले उम्मेदवारी दिएका थिएन ।

नेपालको कानुन तथा संविधानले एक वडा एक दलित महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था गरेपनि सो वडामा दलित महिला सदस्यका लागि अन्य दलित महिलालले उम्मेदवारी दिएका छैनन ।

सो वडामा वडाध्यक्ष पदका लागि भने इन्द्रमान महर्जन तथा महिला सदस्यमा आपुलु महर्जनका र खुला सदस्यमा कृष्ण महर्जन र निरोज खड्गीले उम्मेदवारी दिएका छन । एमालेको तर्फबाट खाता खोलेपछि मेयरका उम्मेदवार हरिकृष्ण र उपमेयरका उम्मेदवार मञ्जली शाक्यले ललितपुर महानगरमा निर्बिरोध भएकोमा खुसी खुसी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १३:२५