१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

बेलकोटगढीमा जसपाबाट मेयरको उम्मेदवार बनेका तिमिल्सिना एमाले प्रवेश

१७ वैशाख, नुवाकोट । नुवाकोटको बेलकोटगढीमा जसपाबाट मेयरको उम्मेदवार बनेका कृष्णराज तिमिल्सिना एमाले प्रवेश गरेका छन । शुक्रबार उम्मेदवारी फिर्ता लिएका तिमल्सिना शनिबार बिहानै एमाले प्रवेश गरेका हुन ।

उनले अब आफू नेकपा एमालेबाट राजनीतिमा अघि बढ्ने भन्दै एमालेका उम्मेदवारसँगै घरदैलोमा हिड्ने बताए । उनले मेयरका उम्मेदवार राजेन्द्ररमण खनाल र उपमेयरका उम्मेदवार रूपा सापकोटासहित एमालेका सबै उम्मेदवार जिताउन आफू लागि पर्ने बताए ।

तिमल्सिनालाइ एमाले नेता एवं मेयरका उम्मेदवार खनालसहित एमाले बागमती प्रदेश कमिटी सदस्य ठाकुर पुडासैनी, एमाले बेलकोटगढीका इन्चार्ज गणेश खतिवडा लगायतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार १०:३०