१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

आचारसंहिता विपरीत मेयर महत चुनावी प्रचारप्रसारमा

१६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले निर्वाचन आचारसंहिता विपरीत चुनावी प्रचारप्रसार गरेका छन् । नेकपा एमालेबाट निर्वाचित भएका उनी एमालेको चुनावी अभियानमा लागेका हुन् । निर्वाचन आचारसंहिताले स्थानीय कार्यपालिकाका पदाधिकारीले कुनै पनि राजनीतिक दल वा उम्मेदवारको पक्ष तथा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन नपाइने व्यवस्था गरेको छ ।

बहालवाला मेयर नै आचारसंहिता विपरीत पार्टीको चुनावी अभियानमा भाषण गरेर हिँडिरहेको भन्दै सर्वसाधारणले उनको विरोधसमेत गरेका छन् । उनले भाषणको क्रममा मतदातालाई प्रभाव पार्ने गरी आश्वासनसमेत दिँदै हिँडेको आरोप लगाइएको छ ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १७:३०