१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

कांग्रेसको कारबाही स्वीकार छ, हँशिया हथ्यौडा भोट हाल्दैनाैँः कांग्रेस नेता पाैडेल

१६ वैशाख, चितवन । नेपाली कांग्रेस नेता एवं पूर्व सांसद जगन्नाथ पौडेलले कारबाही भोग्न तयार रहेको बताएका छन । उनले हँशिया हथ्यौडा भोट नहाल्ने तर कांग्रेसको कारबाही सहज रूपमा स्वीकार गर्ने बताएका छन ।

चितवनको भरतपुर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले कुनै हालतमा मनोनयन फिर्ता नलिने अडान कायम राखेका छन । शेरबहादुर देउवाले एक जना मन्त्री, एक जना राज्यमन्त्री र पूर्व प्रधानन्यायाधीशलाइ समेत भरतपुर पठाएर पौडेललाइ सम्झाउने प्रयास गरेका थिए तर उनको त्यो प्रयास असफल भएको छ ।

प्रचण्ड पुत्री रेणु दाहाललाइ भरतपुरको मेयरमा दोहोर्याउन प्रचण्डको प्रस्तावमा देउवाले कांग्रेसको संगठन नै समाप्त पार्ने गरी गलत निर्णय लिएको भन्दै कांग्रेस कार्यकर्ताले बिरोध जनाउँदै आएका छन । पौडेले आफूले चुनावको सामना गर्ने बताउँदै भनेका छन ‘म फर्किने ठाउँमा छैन। फर्किन नसक्ने ठाउँमा पुगिसकेँ। मैले मेरो अवस्था नेताहरुलाई जानकारी गराइसकेको छुु । मैले हँसिया हथ्यौडामा भोट हाल्दिन भनेको हुँ। हँसिया हथ्यौडामा भोट नहाल्दा पार्टीबाट निकालिन्छ भने निस्कन तयार छु ।’

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार १३:५१