२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

भारतीय सेनाका कर्नेल बलबहादुर पुन गोली लिएर किन घुमिरहेका थिए ?

३ साउन, काठमाडौँ । भारतीय सेनाका एक कर्नेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २२ एमएमको २० राउण्ड गोलीसहित पक्राउ परेका छन् । बुद्ध एयरको विमानबाट पोखरा जान लागेको अवस्थामा डोमेस्टिक टर्मिनलको सुरक्षा जाँचको क्रममा तीन कर्नेल पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा चितवन स्थायी घर भइ हाल काठमाडौंको सामाखुशी बस्दै आएका ४१ वर्षीय भारतीय सेनाका कर्नेल बलबहादुर पुन छन् । विमानस्थल प्रहरीको टोलीले आइतबार दिउँसो उनलाई पक्राउ गरेको हो । पुनलार्इ महानगरीय प्रहरी वृत्त, गौशालामा राखेर थप अनुसन्धानको काम भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १९:२५