१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

चुनावी प्रचारका नाममा बालिका बलात्कारको प्रयास गर्ने माओवादी नेता पक्राउ

१६ वैशाख, रसुवा । नाबालिकामाथि करणी प्रयासमा आरोपमा माओवादीका एक नेता प्रहरीको फन्दामा परेका छन् । आगामी ३० वैशाखमा हुन लागेको स्थानीय तहको चुनाव लक्षित प्रचार प्रसारको क्रममा ११ बर्षीया बालिकामाथि अभद्र र यौनजन्य दुर्व्यवहार गरेको आरोपमा प्रहरीले माओवादीका एक गणेश बिकलाई बिहीबार राति नियन्त्रणमा लिएको हो ।

घटना हो रसुवाको कालिका गाउँपालिकाको । सोही पालिकामा हिजो माओवादीले चुनाव प्रचार प्रसारको कार्यक्रम राखेको थियो । चुनाव प्रचारको कार्यक्रम सकिसकेपछि सोही क्रममा पालिकाको ३ नम्बर वडामा पर्ने एउटा घरमा जहाँ अभिभावक थिएनन,११ बर्षको बालिकामात्र थिइन । सोही घरमा गणेश छिरेर अभद्र तथा यौनजन्य दुर्व्यवहार गरेको पीडित पक्षले प्रहरीमा बयान दिएको छ ।

अभिभावक र बालिकासहितले हिजो राती नै कालिका प्रहरी चौकीमा गणेशविरुद्ध उजुरी दिएका थिए । पीडितको उजुरीका आधारमा हिजै प्रहरीले  पीडक भनिएका विकलाई हिजै राती २ बजे प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । रसुवा प्रहरीका अनुसार अहिले उनीमाथि अनुसन्धान भइरहेको छ । बालिकामाथि जर्वजस्त प्रयास गर्न गणेश विक पूर्ब कार्यपालिका सदस्य, वाइसियलका जिल्ला इञ्चार्जसमेत हुन ।

प्रकाशित मिति : १६ बैशाख २०७९, शुक्रबार ११:१०