१५ आश्विन २०८१, मंगलवार | Tue Oct 1 2024

एमाले धादिङका दुई प्रभावशाली नेताद्धारा पार्टी परित्याग, स्वतन्त्रबाट थाक्रेको अध्यक्ष जित्दै

१५ वैशाख, धादिङ । नेकपा एमालेको टिकट विवादमा धादिङमा दुई जना प्रभावशाली नेताले पार्टी परित्याग गरेका छन । उनीहरूले टिकट वितरणमा केन्द्रले हस्तक्षेप गरेपछि कार्यकर्ताको भावना अनुसार पार्टी परित्याग गरेका हुन ।

एमाले परित्याग गर्नेमा कृष्ण पन्त र गोकर्ण रूपाखेती रहेका छन । पन्तले एमालेको टिकट नै लिएर उम्मेदवारी दर्ता गरेको भए पनि एमालेले वर्तमान गाउँपालिका अध्यक्ष रामकुमार आचार्यको नाममा अर्को टिकट जारी गरेपछि उनको उम्मेदवारी खारेज भएको छ।

पार्टी केन्द्रको हस्तक्षेप हुने सम्भावनाले सुरूमै स्वतन्त्रतमा उम्मेदवारी दर्ता गरेका रूपाखेती भने अब स्वतन्त्रबाट अध्यक्षमा चुनावमा सहभागी हुने भएका छन । उनको चुनावी कमाण्डर पन्त बनेर स्वन्त्रबाटै कार्यकर्ताको भावनाको स्म्बोधन गरेर चुनावमा नतिजा निकाल्ने अभियानमा उनीहरू लागेका छन ।

रूपाखेती समूहले माओवादी समूहसँग तालमेल गर्ने सम्भावना रहेको छ। थाक्रेमा माओवादीले उपाध्यक्षमा मात्र उम्मेदवारी दिएको छ । माओवादीको समूहले साथ दिँदा उनीहरूले चुनाव जित्ने अनुमान एमालेका नेताहरूले गरेका छन ।

स्थानीय नेता र कार्यकर्ताको चाहना पन्त भए पनि पार्टीको हस्तक्षेपले त्यसो हुन नसकेको उनीहरूले बताएका छन । रूपाखेती एमाले धादिङको निर्वााचन विभाग प्रमुख पनि हुन ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १८:४८