२ मंसिर २०८१, आईतवार | Mon Nov 18 2024

विप्लव माअोवादीका प्रवक्ता विश्वकर्मालार्इ थप तीन दिन थुनामा राख्न अदालतको अादेश

३ भदाै, काभ्रे । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा  प्रकाण्डलाई थप ३ दिन थुनामा राख्न अदालतले आदेश दिएको छ ।

काभ्रेको क्रसर उद्योगमा आक्रमण गरेको आरोपमा  सर्वाेच्चको अादेशले रिहा भएको केही समयमै पक्राउ परेका उनलाई प्रहरीले अनुसन्धानका लागि समय लिन आइतबार काभ्रे जिल्ला अदालत पेश गरेको थियो ।

 प्रहरीले अनुसन्धानका लागि ७ दिनको समय माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७५, आईतवार १६:४५