९ पुष २०८१, मंगलवार | Tue Dec 24 2024

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाई गोलभेडा प्रहार

१५ वैशाख, पेरिस । फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँमाथि गोलभेडा प्रहार भएको छ । आइतबार पुनः निर्वाचित भएपछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका म्याक्रोँमाथि गोलभेडा प्रहार भएको हो । राष्ट्रपति चुनावमा आफ्नो विजयपछि म्याक्राेँले फ्रान्सेली जनतालाई अभिवादन गरिरहेका बेला एउटा भीडबाट कसैले उनलाई गोलभेडा प्रहार गरेको थियो । तर, राष्ट्रपतिलाई गोलभेडाले लागेन ।

म्याँक्रोलाई प्रहार गरेको गोलभेडा उनलाई नलागी उनका सुरक्षाकर्मीलाई लागेको थियो । गोलेभडाले लागेपछि ती सुरक्षाकर्मीले ‘प्रोजेक्टाइल’ भनेर चिच्याएका थिए । तत्काल सुरक्षा अधिकारीहरूले म्याक्रोँलाई चारै दिशाबाट घेरेका थिए । उनीहरूमध्ये एक जनाले एउटा विशेष झन्डा खोलेर म्याक्रोँलाई ढाकेका थिए ।

प्रकाशित मिति : १५ बैशाख २०७९, बिहीबार १३:११