११ पुष २०८२, शुक्रबार | Fri Dec 26 2025

पर्थमा ओएनएफ वेस्टन अष्ट्रेलियाको राज्यस्तरीय भेला हुँदै

१४ वैशाख, अष्ट्रेलिया । प्रवासी नेपाली मञ्च (ओएनएफ) अष्ट्रेलियाको आयोजनामा वेस्टन अष्ट्रेलियामा रहेका मञ्चका समर्थक तथा सुभेच्छुकहरुको भेला तथा छलफल मे १ पर्थमा हुने भएको छ । ओएनएफको अन्तराष्ट्रिय कमिटीका सचिव रमेश पाण्डेको प्रमुख आतिथ्यमा पर्थस्थित दरवार नेपाली इन्डियन रेष्टुरेन्टमा भेला आयोजना गरिएको ओएनएफ अष्ट्रेलियाका सचिवालय सदस्य होमनाथ निरौलाले  जानकारी दिए ।

भेलामा ओएनएफ अष्ट्रेलियाका अध्यक्ष केशब जोशी सचिव शिशिर नेपाल तथा आर्थिक विभाग प्रमुख राम घिमिरे समेत उपस्थिति रहने जनाइएको छ । सचिवालय सदस्य निरौलाले भेलामा नेपालको वर्तमान अवस्थासहित अष्ट्रेलियामा रहेमा रहेका नेपाली समुदायका पक्षमा ओएनएफले खेलेको भूमिकाको छलफल हुनुका साथै अगामी दिनमा वेस्टन अष्ट्रेलियाको नेपाली समुदायको हितमा ओएनएफले कस्तो भुमीका खेल्न सक्छ भन्ने बारेमा छलफल हुने बताए ।

भेलाको व्यवस्थापनमा सक्रिय रहेका राष्ट्रिय कमिटी सदस्य तेज बिक्रम मल्लले भेलामा पछाडि ओएनएफ वेस्टन अष्ट्रेलियामा बिगतहरुमा भन्दा अझ जुझारु ढंगले नेपाली समुदायको हितमा सक्रिय हुने बताए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार १८:५६